+
+

एमसीसीबारे प्रचण्डको जवाफ : प्रतिवेदनमा जे छ, त्यही रुपमा बुझ्नुस्

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १६ गते १६:४०

१६ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) बारे धेरै बोल्न नपर्ने बताएका छन् ।

प्रज्ञा भवनमा जारी आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा आफ्नो प्रतिवेदनमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै प्रचण्डले भनेका छन्, ‘एमसीसीबारे धेरै बोल्नु परेन । सारमा जे प्रतिवेदनमा छ, त्यही रुपमा बुझ्नु होला ।’ उनले यसो भन्दा हलमा सहभागीहरुबीच हाँसोको फोहोरा छुटेको थियो ।

प्रचण्डले आफ्नो प्रतिवेदनमा ‘परिमार्जनसहित राष्ट्रिय हित अनुकुल बनाएर पारित गर्ने’ भनेका छन् । तर बन्दसत्रमा भएको छलफलमा अधिकांश सहभागीले एमसीसी खारेज गर्नुपर्ने मत राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?