+
+

प्रदेशहरुबीच मेलमिलापको खाँचो छ : प्रधानमन्त्री देउवा

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १६ गते १७:०९

१६ पुस, काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले देश संघीयतामा गइसकेकाले प्रदेशहरुबीच मेलमिलापको आवश्‍यकता रहेको बताएका छन् ।

सुन्दरीजलमा रहेको वीपी सङ्ग्राहलयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘ देश संघीयतामा गइसकेको छ ।  सात वटा प्रदेशहरु छन्। तर ती प्रदेशहरुबीच पनि मेलमिलापको जरुरी छ। ‘

उनले अहिले वर्तमान अवस्थामा राष्ट्रिय एकता कायम गर्दै सबैको अधिकार सुरक्षित गर्नु पर्ने बताए । उनले भने, ‘संघीयतामा गएको नेपाललाई जोड्‍ने हो। अझ बलियो बनाउने हो। राष्ट्रिय एकता कायम गर्दै सबै अधिकार सुरक्षित गर्ने हो।’

प्रधानमन्त्री देउवाले सुन्दरीजलमा रहेको वीपीको प्रतिमामा माल्‍यार्पण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?