+
+

राप्रपा नेताहरुलाई रवीन्द्र मिश्रको जवाफ : दुवै पार्टी मिलाएर नयाँ शक्ति निर्माण गर्न खुला छौं

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विवेकशील साझा पार्टीलाई मिलेर जाने प्रस्ताव राखेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन समान विचार भएका दलहरुसँग बनाएको वार्ता टोलीका संयोजक एवं महामन्त्री धवलशम्शेर राणालाई लिएर विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रलाई भेट्न पुगेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १६ गते १७:१६

१६ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विवेकशील साझा पार्टीलाई मिलेर जाने प्रस्ताव राखेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन समान विचार भएका दलहरुसँग बनाएको वार्ता टोलीका संयोजक एवं महामन्त्री धवलशम्शेर राणालाई लिएर विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रलाई भेट्न पुगेका थिए ।

मिश्रको निवासमा भएको भेटमा राप्रपाका नेताद्वयले मिलेर जाने प्रस्ताव राखेका थिए । जवाफमा मिश्रले दुबै पार्टी एकआपासमा मिसिने सम्भावना नरहेको बताए । तर आफूहरुले वैकल्पिक शक्तिहरुको ध्रुविकरणको प्रयास गर्दै आएकाले दुबै पार्टी मिलाएर नयाँ शक्ति निर्माण गर्न खुला रहेको बताएका छन् ।

विवेकशील साझाका नेताहरुका अनुसार राप्रपासँग पार्टी एकता तत्काल सम्भावना छैन, किनकी त्यसअनुसार वार्ता भएको पनि होइन ।

शिष्टाचार भेटका क्रममा राष्ट्रिय राजनीतिबारे कुराकानी भएको र त्यहीक्रममा सहकार्यको विषय आएको हो । विवेकशील साझाका प्रवक्ता शरदराज पाठक भन्छन्, ‘राप्रपासँग सहकार्यबारे पार्टीमा छलफल भएकै छैन । रवीन्द्रजीले नयाँ शक्ति निर्माण गर्ने ढोका खला छ भन्ने सन्देश मात्र दिनु भएको हो ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?