+
+

हिमपातले चीन जोड्ने दुवै व्यापारिक नाका अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १६ गते १७:३३
फाइल तस्वीर

१६ पुस, काठमाडौं । हिमपातका कारण नेपाल चीन व्यापारका दुवै प्रमुख नाका अवरुद्ध भएका छन् । रसुवागढी केरुङ र तातोपानी खासा दुवै नाकाबाट माल वस्तु आयात बिहीबार साँझदेखि अवरुद्ध भएको भन्सार कार्यालयलहरुले जनाएका छन् ।

हिमपातका कारण तत्काल कार्गो कन्टेनर पठाउन कठिन भएको जानकारी चिनियाँ पक्षबाट आएको तातोपानी भन्सार कार्यालयले जनाएको छ । नेपालतर्फ आउँदै गरेका केही कन्टेनरहरु पनि चीनतर्फको न्यालम र खासामा रोकिएको तातोपानी भन्सार कार्यालय प्रमुख नारद गौतमले बताए ।

हिमपात घटेर मौसम सफा नहुँदासम्म नाका सञ्चालनमा आउन सक्ने अवस्था नरहेको गौतमले बताए । यो नाकाबाट दैनिक १० देखि १२ कन्टेनर माल वस्तु नेपाल भित्रिरहेको थियो ।

यता चीनतर्फको अर्को प्रमुख व्यापारिक नाका रसुवागढी पनि बिहीबार रातिदेखि अवरुद्ध भएको छ । दैनिक बिहान ७ र बेलुकी २ कन्टेनर सामान भित्रिरहेको नाका हिमपातका कारण अवरुद्ध भएको रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए । ल्हासास्थित नेपाली महावाणिज्य दूतावास र रसुवागढी भन्सार कार्यालयबाट नाका अवरुद्ध भएको जानकारी आएको जैसीले बताए ।

‘हिमपातका कारण मालवाहक वस्तु नेपालतर्फ पठाउन कठिन भएको भन्ने महावाणिज्य दूतावासबाट लेखेर आएको छ, आज घाम लागेको छ बिस्तारै सहज हुन्छ होला’ प्रमुख जिल्ला अधिकारी जैसीले भने । १३ गते रातिदेखिको वर्षाका कारण देशको उच्च पहाडी तथा अधिकांश हिमाली भूभागमा हिमपात भएको थियो ।

नेपाल चीन प्रमुख दुई स्थल व्यापारिक नाका समुन्द्री सतहदेखि २५ सय मिटर भन्दा उच्च स्थानमा छन् । जसका कारण हरेक हिउँदा हिमपातका कारण व्यापारमा अवरोध भइरहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?