+
+

सडक विभागको महानिर्देशकमा सापकोटा

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १६ गते १९:५६

१६ पुस, काठमाडौं । सडक विभागको महानिर्देशकमा शिवहरि सापकोटा नियुक्त भएका छन् ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नियुक्तिको पत्र दिएपछि शुक्रबार विभाग पुगेर सापकोटाले पदबहाली गरेका छन् ।

यसअघिका महानिर्देशक अर्जुनजंग थापाको स्थानमा सापकोटा महानिर्देशक बनेका हुन् । बिहीबारसम्म भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्माण महाशाखा प्रमुखका रुपमा रहेका  उनी यसअघि पनि महानिर्देशकको प्रमुख दावेदारका रुपमा थिए ।

महानिर्देशकको पदबहालीपछि सापकोटाले पुँजीगत खर्च कमजोर रहेको पक्षमा  सुधारका लागि पहल थालिहाल्ने बताएका छन् । सडक विभाग नेपालमा धेरै पुँजीगत बजेट पाउने निकायमध्ये अग्रस्थानमा पर्छ ।

‘विभागभित्र सुशासन प्रवर्द्धन गर्न पनि म भूमिका खेल्नेछु,’ सापकोटाले भने,’रुग्ण आयोजनाहरुका कारण जनतालाई भएको सास्ती र राज्यलाई भएको हानीलाई हेरेर आवश्यक सुधारका कदम चाल्नेछु ।’

२०६९ सालमा सहसचिव बनेका सापकोटाले आगामी वैशाख १९ गते निजामति सेवाबाट अनिवार्य अवकाश पाउनेछन् । हाइवे-इन्जिनियरिङ उपसमूहका इन्जिनियर सापकोटाले यसअघि विभागको उपमहानिर्देशकका रुपमा  काम गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?