+
+

रुसमा बेहुली खोज्दै संसारकै अग्लो पुरुष !

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १६ गते १९:५५

१६ पुस, काठमाडौं । विश्वमा सबैभन्दा अग्लो कदम भएका व्यक्ति हुन् सुल्तान कोसेन । ३९ वर्षीय सुल्तान टर्कीका नागरिक हुन् ।

संसारकै अग्लो व्यक्तिको रुपमा गिनिज बुकमा नाम लेखाएका सुल्तानको जिउको लम्बाई ८ फिट ३ इन्च (२५१ सेन्टिमिटर छ) । तर यो समय उनी आफ्नो लामो कदको कारण नभै बेहुलीका कारण चर्चामा छन् ।

सुल्तानले बिहे गर्ने निर्णय गरेका छन् । तर चाहेर के गर्नु ? उनको लागि अहिलेसम्म जोडी भेटिएको छैन । टर्कीमा बेहुली नपाएपछि उनी बेहुली खोज्न भन्दै रुस पुगेका छन् । रुसबाट आफु खाली हात नफर्किने र बेहुली लिएरै स्वदेश फर्किने उनको अठोट छ ।

रुसी महिलाहरु निकै सुन्दर तथा मायालु हुने सुल्तान बताउँछन् । यहीँ कारण रुसी महिलालाई आफ्नो बेहुली बनाएर समागमबाट एक छोरा र एक छोरी जन्माउने उनको इच्छा छ ।

हुनत सुल्तानले अब गर्ने बिहे पहिलो भने होइन । यसअघि उनले मर्भ डिबो नामकी सिरियाली महिलासँग बिहे गरेका थिए । ५ फिट ९ इन्च अग्ली डिबो सुल्तानभन्दा १० वर्ष कान्छी थिइन् । सुल्तान र डिबोको डिभोर्स भैसकेको छ । त्यसैले उनी नयाँ बेहुलीको खोजीमा छन् जो सँग उचाइँ मात्र होइन मन पनि मिलोस् ।

आफ्नी पहिलो पत्नीको बारेमा बताउँदै सुल्तानले आफुहरु एक अर्कामा राम्रोसँग कुराकानी नै गर्न नपाएको बताउँछन् । किनकी सुल्तान टर्किस बोल्दथे भने उनकी पत्नी केवल अरबी बोल्दथिन् । त्यस्तोमा उनीहरुले केही वर्षमै दाम्पत्य जिवन टुंगाउनुपर्यो ।

डेलीस्टारका अनुसार सुल्तानको शरीरमा एक ट्युमरका कारण उनको पिट्युटरी ग्रन्थी प्रभावित हुँदा उनको शरीरको आकार निकै बढेको हो । पिट्युटरी ग्रन्थीले अत्यधिक हर्मोन उत्पादन गर्दा शरीरको आकार तथा लम्बाई भिमकाय हुने गर्दछ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?