+
+

टुँडिखेलमा साकेला नाच (फोटो फिचर)

शंकर गिरी शंकर गिरी
२०७८ पुष १७ गते १७:२९

१७ पुस, काठमाडौं । उधौली पर्व अन्तर्गत काठमाडौंका किरात समुदायले शनिबार टुँडिखेलमा साकेला नाच प्रदर्शन गरेका छन् ।  मार्ग शुक्ल पूर्णिमाको दिनदेखि एक महिनासम्म साकेला नाच प्रदर्शन गर्ने प्रचलन छ ।

पुस ४ गते मार्ग शुक्ल पूर्णिमाको दिन ललितपुरको सानो हात्तीवन किराँतकालदेखिको ऐतिहासिक धार्मिक तीर्थस्थलमा किरात समुदाय भेला भएर साकेला नाच प्रदर्शन गरेका थिए । उधौली शुरु भएपछिको दोस्रो शनिबार आज टुँडिखेलमा साकेला नृत्य प्रदर्शन गरिएको हो ।

साकेला नाच्न आफ्नो जातीय भेषभूषामा सजिएर टुँडिखेल पुग्नेमा युवा युवतीको बाहुल्यता थियो ।

पितृको मान र प्रकृतिको सम्मानका रूपमा किरात समुदायले उधौली पर्व मनाउने गरेका छन् । प्रकृतिपूजक किराँत समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङनाम पर्वका नाममा उद्यौली धुमधामसँग मनाउने गरेका छन् ।

हेर्नुहोस् तस्वीरहरु

लेखकको बारेमा
शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?