+
+

‘आरआरआर’को प्रदर्शन मिति अनिश्चितकालका लागि स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १७ गते १८:२७

१७ पुस, काठमाडौं । भारतमा कोरोना संक्रमण बढेसँगै विभिन्न राज्यमा लकडाउन शुरु भइसकेको छ । दिल्ली सरकारले सिनेमा हलहरु पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिसकेको छ । कोरोना संक्रमितको संख्या दैनिक रुपमा बढ्दै गएपछि विभिन्न राज्यमा कडा नियम लागू हुन थालेका छन् । जसको प्रत्यक्ष प्रभाव मनोरञ्जन दुनियाँमा पनि पर्न थालेकोे छ ।

रिलिजका लागि तयार भएका बलिउड तथा साउथका चलचित्रहरुको प्रदर्शन मिति धमाधम पोेष्टपोन्ड हुन थालेका छन् ।

यसैबीच साउथको प्रतीक्षित चलचित्र ‘आरआरआर’ पोष्टपोन्ड भएको छ । यो चलचित्र आउँदो शुक्रबारदेखि रिलिज हुने सेड्युल थियो । तर, भारतमा कोेरोना संक्रमितको संख्या बढेपछि यो चलचित्रकोे प्रदर्शन मिति पोष्टपोन्ड गरिएको हो । एसएस राजमौलीको निर्देशनमा तयार भएको यो चलचित्रमा जुनियर एनटीआर, रामचरण, अजय देवगण, आलिया भट्ट लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्रको प्रचारका लागि यसको निर्माणपक्षले ठूलो धनराशी खर्च गरिसकेको थियो । यस्तै, चलचित्रको अमेरिका प्रिमियरका लागि १० लाख भन्दा बढी टिकट पनि बिक्री भइसकेको थियो । नेपाली वितरकले पनि यो चलचित्रको अधिकारका लागि ठूलै रकम खर्च गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?