+
+

रोड्रीको गोलमा आर्सनलमाथि सिटीको पुनरागमन जित

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १७ गते २०:३५

१७ पुस, काठमाडौं । रोड्रीले इन्जुरी टाइममा गोल गरेपछि लिग लिडर म्यानचेष्टर सिटीले प्रिमियर लिगमा शनिबार दश खेलाडीमा सीमित आर्सनलमाथि २-१ को पुनरागमन जित हात पारेको छ ।

आर्सनलले घरेलु मैदानमा अग्रता लिएर पनि कायम राख्न सकेन । ३१औं मिनेटमा बुकायो साकाले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । पहिलो हाफमा पछि परेको सिटीले दोस्रो हाफमा दुई गोल फर्कायो ।

५७औं मिनेटमा सिटीका रियाद महारेजले पेनाल्टीमा गोल गर्दै खेल बराबरी गरे । ५९औं मिनेटमा गाब्रिएलले दोहोरो पहेँलो (रातो) कार्ड पाएपछि आर्सनल दश खेलाडीमा सीमित भयो ।

त्यसपछि इन्जुरी टाइममा रोड्रीले गोल गर्दै सिटीलाई पुनरागमन जित दिलाए ।

जितपछि २१ खेलबाट ५३ अंक जोडेको सिटीले दोस्रो स्थानको चेल्सीमाथि ११ अंकको अग्रता बनाएको छ । एक खेल कम खेलेको चेल्सीको ४२ अंक छ । २० खेलबाट ३५ अंकसहित आर्सनल चौथो स्थानमा छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?