+
+

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १८ गते ११:५९

१८ पुस, काठमाडौं । नेकपा (माओवादी केन्द्र) स्थायी कमिटी बैठक कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी छ । पार्टी पदाधिकारी र केन्द्रीय कमिटी छान्नका लागि बैठक बसकेको हो ।

बन्दसत्र आज दिउँसो १ बजेसम्मका लागि स्थगित छ । बन्दसत्र सुरु हुनअघि स्थायी कमिटी बैठक बसेको हो ।

माओवादीको महाधिवेशन सुरु भएको ८ दिन भइसक्दा पनि नेतृत्व चयनमा सकस भएको छ । अध्यक्षबाहेक पदाधिकारी र केन्द्रीय कमिटी चयनमा समस्या देखिएको छ।

केन्द्रीय कमिटी र पदाधिकारी चयनका लागि प्रचण्डले आज पार्टी शीर्ष नेताहरूसँग छुट्टै छलफलसमेत गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?