+
+

पुलिसविरुद्ध जित्नैपर्ने दबाबमा मच्छिन्द्र

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १८ गते १२:२९

१८ पुस, काठमाडौं। शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत आइतबार सातौं चरणको एक मात्र खेल हुनेछ । जसमा साविक विजेता मच्छिन्द्र फुटबल क्लबले विभागीय टोली नेपाल पुलिस क्लबसंग खेल्नेछ । खेल दशरथ रंगशालमा पौने ५ बजे सुरु हुनेछ ।

पुलिसविरुद्ध मैदान उत्रँदा साविक विजेता मच्छिन्द्रको ध्यान जित हात पार्दै एएफसी कप छनोटमा हुनेछ । मच्छिन्द्रका लागि पुलिसविरुद्धको खेल जित्नैपर्ने दबाब छ ।

हाल दोस्रो स्थानमा रहेको मच्छिन्द्रका लागि एएफसी कपसँगै उपाधि होडमा रहन पनि यो खेल महत्वपूर्ण छ । मच्छिन्द्र ६ खेलबाट १४ अंक जोडेर दोस्रो स्थानमा छ । ७ खेल खेलिसकेको मनाङ मर्स्याङ्दी क्लब १६ अंकसहित शीर्ष स्थानमा छ ।

एन्फाले सातौं चरणपछि एएफसी क्लब लाइसेन्स पाएका चारमध्ये शीर्ष स्थान रहने क्लबले एएफसी कप छनोट खेल्ने निर्णय गरेपछि अहिले दुई क्लब त्यसको होडमा छन् ।

त्यसैले मनाङलाई उछिन्दै शीर्ष स्थान पुग्न मच्छिन्द्रले पुलिसलाई हराउनैपर्नेछ । पुलिससँग बराबरी वा हारले भने मनाङको एएफसी कप छनोट खेल्ने बाटो खुल्नेछ ।

६ खेलबाट ६ अंकसहित १०औ स्थानमा रहेको पुलिस भने मच्छिन्द्रलाई स्तब्ध पार्दै अंकतालिकामा सुधार गर्ने योजनामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?