+
+

साउथका यी ५ सुपरस्टारका फिल्मले दिनेछन् यो वर्ष बलिउडलाई चुनौती

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १८ गते १६:३५

१८ पुस, काठमाडौं । पछिल्लो समय साउथ इण्डियन चलचित्रले बलिउडलाई चुनौती दिइरहेका छन् । बलियो कथा र उत्कृष्ट निर्देशनका कारण साउथ चलचित्रहरुले भारतीय बक्स अफिस र ओटीटी प्लेटफर्ममा धमाका मच्चाइरहेका छन् । जसको उदाहरण सन् २०२१ मा रिलिज भएका ‘जय भीम’ र ‘मिन्नल मुरली’जस्ता चलचित्र हुन् ।

सन् २०२२ मा पनि साउथ सुपरस्टारका चलचित्रहरुले बक्स अफिसमा तहल्का मच्चाउने संकेत देखिएको छ । जसबाट बलिउडले पनि चुनौती महसुस गर्ने भारतका फिल्म पण्डितहरुको भनाइ छ । गत वर्षका १० हिट फिल्मको सूचीमा तमिल, तेलुगू र मलयालम चलचित्रको वर्चस्व रहेको थियो ।

यो वर्ष पनि साउथ सुपस्टार जुनियर एनटीआर, राम चरण, प्रभास, विजय देवरकोंडा र यशका चलचित्रले बलिउडका स्टारहरुलाई समेत चुनौती दिने आँकलन गरिएको छ ।

यश

साउथ सुपरस्टार यशको सुपरहिट चलचित्र ‘केजीएफ’को सिरिज ‘केजीएफ च्याप्टर २’ यसै वर्ष रिलिज हुँदैछ । बलिउड अभिनेता सञ्जय दत्तले समेत अभिनय गरेको यो चलचित्रले बक्स अफिसमा धमाका मच्चाउने अपेक्षा गरिएको छ ।

विजय देवरकोंडा

विजय देवरकोंडा स्टारर चलचित्र ‘लाइगर’ यसै वर्ष रिलिज हुँदैछ । यो चलचित्रमा उनको एक्सन अवतार देख्न पाइनेछ । ‘लाइगर’मा विजयका साथमा अनन्या पाण्डेयको पनि मुख्य भूमिका रहेको छ । यो चलचित्र हिन्दी लगायत अन्य भारतीय भाषामा समेत प्रदर्शन हुने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रभास

‘बाहुबली’ हिरो प्रभासका सन् २०२२ मा केही चलचित्र आउँदैछन् । उनका राधेश्याम, सालार र आदिपुरुष यो वर्ष दर्शकमाझ आउने जनाइएको छ । यी सबै चलचित्रमा प्रभास अलग–अलग भूमिकामा देखिनेछन् ।

राम चरण

एसएस राजमौलीद्वारा निर्देशित चलचित्र ‘आरआरआर’मा रामचरणको एक्सन अवतार देख्न पाइनेछ । राम चरणका साथै जुनियर एनटीआरको मुख्य भूमिका रहेको यो चलचित्र यही जनवरी ७ मा रिलिज हुने तय थियो । तर कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमणको कारण देखाउँदै निर्माण पक्षले चलचित्रको प्रदर्शन अनिश्चिकाललाई स्थगित गरेको छ ।

जुनियर एनटीआर

साउथ सुपरस्टार जुनियर एनटीआर पनि यो वर्ष राम चरणका साथमा चलचित्र ‘आरआरआर’मा देखिँदैछन् । यसमा एनटीआरको एक्सन अवतारलाई प्रतीक्षा गरिएको छ । तर, चलचित्रको प्रदर्शन मिति अनिश्चितकालका लागि स्थगित गरिएपछि धेरैमा चिन्ता भने थपेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?