+
+

युक्रेनका राष्ट्रपतिलाई बाइडनको वचन-रुसले हस्तक्षेप गरे डटेर साथ दिन्छौं

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १९ गते १२:०४

१९ पुस, काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडनले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई रुसले थप हस्तक्षेप गरे अमेरिका र उसका साझेदार राष्ट्रले डटेर जवाफ दिने बताएका छन् ।

बाइडेनले जेलेन्स्कीसँगको टेलिफोन वार्ताका क्रममा ‘रुसले युक्रेनमा थप हस्तक्षेप गरे’ अमेरिका र उसका सहयोगी राष्ट्रले डटेर जवाफ दिने बताएको ह्वाइटहाउसले जनाएको छ ।

आइतबार बाइइन र जेलेन्स्कीबीच टेलिफोनमा कुराकानी भएको थियो । आइतबार राति नै जेलेन्स्कीले ट्विटरमार्फत् बाइडनसँगको टेलिफोन वार्ताले दुवै मुलुकबीचको विशेष सम्बन्धलाई जोड दिने बताएका थिए ।

युक्रेन, अमेरिका र अन्य साझेदारको संयुक्त प्रयासबाट युरोपमा शान्ति कायम गर्ने, थप तनाव रोक्नेलगायतका विषयमा छलफल भएको पनि उनको भनाइ थियो ।

शुक्रकार मात्रै टेलिफोन वार्तामा बाइडनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनको सिमाना नजिकै देखिएको सैन्य तनाव कम गर्न भनेका थिए । त्यस्तै, उनले रुसले युक्रेनमा थप हस्तक्षेप गरे ठूलो मूल्य चुकाउनु पर्ने भन्दै थप नाकाबन्दी लगाउने चेतावनीसमेत दिएका थिए ।

यता, बाइडनसँग भएको टेलिफोन वार्तामा पुटिनले युक्रेनसँग जोडेर रुसमाथि थप प्रतिबन्ध लगाइए अमेरिकासँगको सम्बन्ध पूर्ण रुपमा टुट्ने चेतावनी दिएका थिए । प्रतिबन्ध लगाउने कदम गम्भीर भुल हुने पनि उनको भनाइ थियो ।

पछिल्लो समय युक्रेनलाई लिएर रुस र अमेरिकासहितका पश्चिमा राष्ट्रबीचको तनाव थप चर्किएको छ । युक्रेनी सीमाना नजिकै रुसले १ लाख बढी फौज तैनाथ गरेको समाचार बाहिर आएपछि तनाव थप थर्किएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?