+
+

दाङमा साढे २५ हजार मतदाता थपिए

दाङमा २५ हजार मतदाता थपिएका छन् । प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार मतदाता नामावली संकलन कार्यक्रम अन्तर्गत जिल्लामा साढे २५ हजार नयाँ मतदाता थपिएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १९ गते १३:११

१९ पुस, दाङ । दाङमा २५ हजार मतदाता थपिएका छन् । प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार मतदाता नामावली संकलन कार्यक्रमअन्तर्गत जिल्लामा साढे २५ हजार नयाँ मतदाता थपिएका हुन् ।

जिल्लाको सात वटा स्थानीय तहमा सञ्चालन गरिएको मतदाता नामावली संकलन कार्यक्रमअन्तर्गत एक महिनाको अवधिमा साढे २५ हजार मतदाता थपिएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

जिल्लाका सात वटा स्थानीय तहमा मंसिर ९ गतेदेखि सञ्चालन गरिएको मतदाता नामावली संकलन अभियान आइतबार सकिएको छ ।

प्रदेश निर्वाचन कार्यालय घोराही, जिल्ला प्रशासन कार्यालय घोराही, इलाका प्रशासन कार्यालय तुलसीपुर र लमहीमा भने मतदाता नामावली संकलन भइरहेको सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए ।

यसअघि तीन लाख ७७ हजार पाँचजना मतदाता रहेको मध्ये नयाँ साढे २५ हजार थपिएपछि मतदाता संख्या चार लाख तीन हजार पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?