+
+

माओवादी केन्द्रको महासचिवको दौडमा देव गुरुङको इन्ट्री

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १९ गते १३:३०

१९ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले आठौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठकबाट पदाधिकारी घोषणा गर्ने तयारी गरेको छ ।

अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई चुनौती दिने अर्को नेता आएको छैन । तर अध्यक्षपछिको कार्यकारी पद महासचिव को बन्ने भन्ने अन्यौल हटेको छैन ।

नेताहरुका अनुसार महासचिवमा बलियो दावेदार मानिएका वर्षमान पुन र जर्नादन शर्माको सम्भावना कमजोर बनेको छ । दुबै नेताको तलसम्म गुट भएको र एकले अर्कालाई स्वीकार नगर्ने अवस्था देखिएको भन्दै प्रचण्डले तेस्रो विकल्पमा जान सक्ने संकेत गरेका छन् । पुन र शर्माबाहेक महासचिवमा पम्फा भुसालको दाबी थियो ।

महाधिवेशन सकिने क्रममा एकाएक महासचिवमा शक्ति बस्नेतको नाम चर्चामा आयो । यसअघि पुन र शर्माको हानथाप हुँदा २०७२ सालमा केपी शर्मा ओली नेतृत्वको सरकारमा प्रचण्डले बस्नेतलाई गृहमन्त्री बनाएका थिए । केन्द्रीय सदस्यहरुको चयनका क्रममा बस्नेतको दौडधुप पनि देखिएको थियो ।

तर अब महासचिवमा देव गुरुङको सम्भावना बढी देखिएको माओवादी उच्च स्रोतको दाबी छ । ‘सिनियर र जनजाति पनि भएकाले गुरुङजी महासचिव हुने सम्भावना छ’ एक नेता भन्छन्, ‘तर अहिले यसै हुन्छ भन्न गाह्रो छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?