+
+

दक्षिण कोरियामा ओमिक्रोन भेरियन्टबाट पहिलो व्यक्तिको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १९ गते १६:४७

१९ पुष, काठमाडौं । दक्षिण कोरियामा कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्टबाट एक व्यक्तिको मृत्यु भएको छ ।

गत हप्ता ओमिक्रोनबाट एक व्यक्तिको मृत्यु भएको दक्षिण कोरियाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका पार्क योङ जूनले बताएका हुन् । पार्कका अनुसार ग्वाङ्जुस्थित एक अस्पतालमा उपचार गरिरहेका वृद्ध पुरुषको डिसेम्बर २७ गते मृत्यु भएको हो । मृतक पुरुषले कोभिड खोपको २ डोज लगाएका थिए ।

अधिकारीहरूले क्रिसमसमा कोरोना भाइरस पोजिटिभ देखिएका र बुधबार ज्यान गुमाएका अर्का संक्रमितको विवरण छानबिन गरिरहेको पनि समाचारमा उल्लेख छ ।

डिसेम्बरको पाँचौ हप्तामा कोभिडको संक्रमण पुष्टि भएकामध्ये ८. ८ प्रतिशत मानिसमा ओमिक्रोन देखिएको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अर्का अधिकारी ली साङ वनको भनाइ छ । वनका अनुसार यही कारण दक्षिण कोरियामा चाँडै नै नयाँ भेरियन्ट सक्रिय रुपमा देखा पर्न सक्छ ।

दक्षिण कोरियामा सोमबारसम्म १ हजार ३१८ जनामा ओकिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ । ओमिक्रोनका संक्रमितमध्ये ७०३ जना बाहिरबाट आएका र बाँकी स्थानीय रुपमै संक्रमित भएका हुन् ।

आइतबार थप ३ हजार १२९ जना नयाँ संक्रमित थपिएसँगै दक्षिण कोरियामा हालसम्म कोभिड-१९ बाट संक्रमित हुनेको संख्या ६ लाख ४२ हजार २०७ पुगेको छ । त्यस्तै, आइतबार थप ३६ जना संक्रमितको मृत्यु भएपछि कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ५ हजार ७३० पुगेको सीएनएनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?