+
+

जुवाडेबाट बरामद चेक आरोपीलाई नै फिर्ता गरेकोबारे छानविन थालियो

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १९ गते १७:१३

१९ पुस, काठमाडौं । जुवाडेबाट बरामद चेक प्रहरीले आरोपीलाई नै फिर्ता गरेको आरोप लागेपछि प्रहरी प्रधान कार्यालय, नक्सालले छानविन थालेको छ ।

गत २२ असोजमा बानेश्वरको संसद भवन पछाडिबाट ‘हराएको भनिएको’ ७ वटा चेक प्रहरीले चुपचाप आरोपी भनिएकै व्यक्तिलाई फिर्ता गरेको आरोपबारे समिति नै गठन गरेर छानविन भइरहेको हो ।

आफ्नो चेक अर्कै व्यक्तिसम्म पुगेको थाहा पाएपछि बिजुलीबजारका राजकुमार बरालले गृहमन्त्रालयमा उजुरी दिए । मन्त्रालयबाट छानविन गर्न भन्दै पत्र आएपछि छानविन थालिएको केन्द्रीय प्रहरी प्रवक्ता बसन्तबहादुर कुँवर बताउँछन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार यो विषयमा छानविनका लागि डीआईजी राजेशलाल कर्णको नेतृत्वमा तीन सदस्यीय छानविन समिति बनेको छ । समितिमा एसपी आभुषण तिम्सिना र डीएसपी सन्तोष तामाङ सदस्य छन् ।

पीडित बरालले उजुरीमा उल्लेख गरेअनुसार एसएसपी अशोक सिंहले सरुवा भएर जाने अन्तिम दिन आरोपीलाई नै चेक फिर्ता दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?