+
+

हेलिकप्टरबाट उद्धार गर्न नसकिएको बाबुछोरा छ दिनपछि आफैं फर्किए  

रासस रासस
२०७८ पुष १९ गते १८:४९
हिमपातको फाइल तस्वीर ।

१९ पुस, काठमाडौं । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङको लोदेनस्थित हिउँमा फसेका बाबुछोरा सोमबार गाउँ फर्किएका छन् । हिमपात हुन छोडेसँगै जमेको हिउँ पनि बाँक्लिदै गएपछि उनीहरू गाउँ आउन सफल भएका हुन् ।

अन्दाजी ५०/५५ वर्षका लाक्पाटासी शेर्पा र उनका १४/१५ वर्षीय छोरा पासाङ शेर्पा गत बुधबारदेखि हिउँमा फसेका थिए । चौँरी गोठ सार्ने क्रममा हिमपहिराले बाटो बगाएसँगै उनीहरू ओढारमा अल्झिएर बसेका थिए ।

उद्धारका लागि गत शनिबार र आइतबार धेरै पटक अल्टिच्युड एयर कम्पनीको हेलिकप्टर उद्धारका लागि गए पनि बाबुछोरा बसेको ठाउँ पहिचान गर्न नसकेपछि उद्धार हुन सकेको थिएन ।

हिउँ पर्न रोकिएसँगै जमिएर रहेको हिउँ पनि बिस्तारै बग्दै गएपछि सोमबार दिउँसो उनीहरू गाउँ निस्कन सफल भएको ताप्लेजुङ प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए ।

हिउँमा फसेका बाबुछोराको स्वास्थ्य अवस्था सामान्य रहेको पाण्डेले जानकारी दिए । चार हजार मिटर उचाइमा अवस्थित पापुङको लोनाक भन्ने ठाउँमा चौरी गोठ सार्ने क्रममा बाबुछोरा हिउँमा फसेका थिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?