+
+

मुक्तिनाथ विकास बैंक १६औं वर्षमा 

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २० गते १३:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड १६ औं वर्षमा प्रवेश गरेको छ । वार्षिक उत्सवको अवसरमा बैंकले विभिन्न कार्यक्रमको आयोजना पनि गरेको छ ।

सो अवसरमा बैंकका अध्यक्ष भरतराज ढकालले भर्चुअल माध्यमबाट एकैसाथ ३२ वटा शाखाको उद्घाटन गरेका छन् । बैंकले प्रदेश १ मा ४ वटा, प्रदेश २ मा ३ वटा , बागमती प्रदेशमा १३ वटा, गण्डकी प्रदेशमा २ वटा, लुम्बिनी प्रदेशमा ५ वटा र सुदूरपश्चिम प्रदेशमा २ वटा शाखा कार्यालयहरु उद्घाटन गरिएको बैंकले जनाएको छ ।

शाखा कार्यालयको उद्घाटन गर्दै अध्यक्ष ढकालले सदैव गुणस्तरीय सेवा प्रदान गर्दै अगाडि बढ्ने र विभिन्न वित्तीय तथा गैर वित्तीय सेवाको माध्यमबाट देशको अर्थतन्त्र र आवश्यकतामा बैंकले पनि योगदान दिने प्रतिबद्धता व्यक्त गरे ।

उद्घाटन कार्यक्रममा बैंकका वर्तमान सञ्चालकहरु, पूर्व सञ्चालकहरु, संस्थापक सेयरधनी, तथा बैंकका उच्च पदाधीकारीहरु, शाखा प्रबन्धकहरुको उपस्थिति रहेको थियो ।

बैंकले वार्षिक उत्सवको अवसरमा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत १० लाख रुपैयाँ बराबरको सहयोग विभिन्न संघसंस्थालाई गरेको छ ।

बैंकले वार्षिक उत्सवको अवसरमा सातै प्रदेशका क्षेत्रीय तथा शाखा कार्यालयमार्फत विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत १० लाख रुपैयाँ बराबरको सहयोग गरेको छ ।।

बैंकले विद्यालयमा स्टेशनरीका सामग्रीहरु तथा फर्नीचर, विभिन्न अनाथलय तथा वृद्धाश्रममा खाद्यान्न तथा लत्ताकपडा, विभिन्न ठाउँहरुमा डस्विन लगायतका सामग्रीहरु वितरण गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ साक्षरताका कार्यक्रम, विद्यार्थीहरुलाई न्यानो कपडा, स्कूल व्याग लगायतका सामग्री वितरण गरिएको बैंकले जनाएको छ ।

यसैगरी बैंकका क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालयहरुले आयोजना गरेको वृहत रक्तदान कार्यक्रममा २०२ पोका रगत संकलन भएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?