काठमाडौं । नबिल बैंकले सुदूरपश्चिम प्रदेश अन्तर्गतका विभिन्न स्थानीय तहमा उद्यमशीलता विकाश तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
बझाङको बित्थडचिर गाउँपालिका र डडेल्धुराको आलिताल गाउँपालिकामा नबिल दिगो बैंकिङ अन्तर्गत उक्त कार्यक्रम सम्पन्न गरिएकोे हो ।
बित्थडचिर गाउँपालिका र आलिताल गाउँपालिकासँग दिगो बैंकिङ अन्तर्गत उद्यमशीलता विकाश र वित्तीय पहुँचका लागि समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।
सम्झौता अनुसार विभिन्न उद्यम सम्बन्धी कार्यक्रम/तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरुलाई गाउँपालिकाको सिफारीसमा बैंकले कर्जा उपलब्ध गराउने छ ।
पञ्चेश्वरमा ८ दिने तालिम
बैतडीको पञ्चेश्वर गाउँपालिकामा युवा उद्यमशीलता र स्वरोजगार प्रवर्द्धन गरी युवालाई आत्मनिर्भर बनाउँदै समृद्धि तर्फ अग्रसर गराउने उद्येश्यका साथ उद्यमशीलता विकास र वित्तीय साक्षरता सम्बन्धी ८ दिने तालिम आयोजना गरिएको छ ।
तालिम सञ्चालनका लागि नबिल बैंक, राष्ट्रिय युवा परिषद् र पञ्चेश्वर गाउँपालिका बीच त्रिपक्षीय समझदारी भएको थियो ।
प्रतिक्रिया 4