+
+

प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा पर्वतमा एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २० गते १३:३९

२० पुस, पर्वत। प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा कुश्मा नगरपालिका-१२ बस्ने ४६ वर्षीय झलकप्रसाद रिमाललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतको प्रहरी निरीक्षक कार्यकक्षमा आई प्रहरी कर्मचारीहरुलाई अश्लिल शब्द प्रयोग गरी गालिगलौज गर्नुको साथै अभद्र ब्यवहार गरेपश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि अभद्र व्‍यवहार सम्बन्धी मुद्दामा जिल्ला प्रशासन कार्यालय पर्वतबाट १० दिन म्याद थप भई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?