+
+

लुम्बिनीमा एमालेका तीन जनाले गराए उम्मेदवारी दर्ता

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २० गते १४:४८

२० पुस, दाङ । माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि लुम्बिनी  प्रदेशमा नेकपा एमालेका तीन जना उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।

खुल्लाबाट दाङका रामदयाल गुप्ता, महिलाबाट बाँकेकी भारती खनाल र दलितबाट गुल्मीका कृष्णबहादुर सुनारले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए ।

मंगलबार नै सत्तारुढ गठबन्धनका उम्मेदवारले पनि मनोनयन दर्ता गराइसकेका छन् । नेपाली काग्रेसका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरे, राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिश्वकर्माले मनोनयन दर्ता गराइसकेका छन् ।

राष्ट्रियसभामा लुम्बिनी प्रदेशबाट रिक्त रहेका महिला, दलित र अन्य समुदायका गरी तीन जनाका लागि माघ १२ गते निर्वाचन हुँदैछ ।

राष्ट्रियसभा निर्वाचनका लागि लुम्बिनीमा ८१ जना प्रदेशसभा सदस्य र  स्थानीय तहका प्रमुख तथा उपप्रमुख २१५ जना गरी २९३ मतदाता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?