+
+

सितेरियो करातेमा नेपाललाई चार स्वर्ण

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २० गते १६:४०

२० पुस, काठमाडौं । बंगलादेशमा सम्पन्न बीजी कराँते च्याम्पियनसिप २०२१ मा नेपाल सितेरियो करातेले चार स्वर्ण पदक जित्न सफल भएको छ ।

मुजिबको सयौं जन्मोत्सवको अवसरमा बंगलादेश गोजुरियो कराते महासंघको सहयोग तथा बंगालदेश बशप संघको आयोजनामा भएको प्रतियोगितामा डिजेन डोल्मा लामाले कुमिते र कातामा गरी दुई स्वर्ण प्राप्त गरेकी हुन् ।

यस्तै, पासाङ तामाङले ७० केजी तौलको कातामा स्वर्ण हात पारेको टिम व्यवस्थापक रामकुमार श्रेष्ठले जानकारी दिए। साथै ग्याल्मो सोमिका लामाले ३५ केजी तौलको कुमितेतर्फ स्वर्ण प्राप्त गरेकी हुन् ।

यस्तै, नेपाली टोलीले दुई रजत र पाँच कास्य पदक पनि जितेको छ । पासाङ तामाङ ७० केजी र राजदेव बमजनले ६५ केजीमा कुमितेतर्फ रजत जितेका हुन् । कास्य पदक प्राप्त गर्नेमा रविन्द्र कुँवरले खुला, युरोडिस रोक्का ६० केजी, उमेश भण्डारी ५५ केजी, रविना ४५ केजी तथा उमङ्ग बुढाथोकी १४ बर्ष नि उमेरसमूह रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?