+
+

डिलिट नगरीकनै यसरी लुकाउनुहोस् आफ्नो इन्स्टाग्राम पोस्ट

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २० गते १६:४६

२० पुस, काठमाडौं । विश्वको सबैभन्दा लोकप्रिय सोसल मिडिया प्लाटफर्म मध्येको एक इन्स्टाग्रामका मासिक सक्रिय प्रयोगकर्ता २ अर्ब ६० करोडभन्दा धेरै छन् ।

फोटो तथा भिडियो शेयरिङ एपको रुपमा रहेको इन्स्टाग्राम सबै पुस्ताका मानिसहरु तथा सेलिब्रेटीहरुमाझ पनि उत्तिकै लोकप्रिय छ । आफ्ना लगातार बढिरहेका प्रयोगकर्ताहरुका लागि इन्स्टाग्रामले निरन्तर नयाँ नयाँ तथा उत्कृष्ट फिचर ल्याउने गरेको छ ।

यसैक्रममा इन्स्टाग्रामका गज्जबको नयाँ फिचर थप गरेको छ । जस अनुसार अब प्रयोगकर्ताले आफ्नो कुनैपनि इन्स्टाग्राम पोस्ट डिलिट नगरीकनै लुकाउन सक्नेछन् । अर्थात् तपाईले आफ्नो इन्स्टाग्रामको कुनैपनि पोस्टलाई प्रोफाइलमा नदेखिने गरी लुकाउन सक्नुहुन्छ र यसका लागि पोस्ट डिलिट गर्नुपर्ने छैन । इन्स्टाग्रामको यो आर्काइभ फिचर मार्फत् त्यसरी हाइड गरिएको पोस्ट जुनसुकै बेला पुनः प्रोफाइलमा ल्याउन सकिन्छ ।

कसरी लुकाउने इन्स्टाग्राम पोस्ट ?

यसका लागि सबैभन्दा पहिले आफ्नो इन्स्टाग्राममा गएर आर्काइभ गर्न चाहेको अर्थात् लुकाएर संग्रहित गर्न चाहेको पोस्ट छान्नुपर्छ । उक्त पोस्टलाई ट्याप गरेपछि माथिल्लो दायँ किनारामा तिनवटा विन्दुवाला आइकनमा क्लिक गर्नुपर्छ । त्यहाँ आर्काइभको अप्सन देखा पर्दछ । सोही अप्सनमा क्लिक गरेसँगै तपाईको सम्बन्धित इन्स्टाग्राम पोस्ट संग्रहित भएर प्रोफाइलबाट लुक्दछ ।

यसरी आर्काइभ गरिएको इन्स्टाग्राम पोस्ट पुनः प्रोफाइलमा फिर्ता ल्याउने कसरी ? यो पनि निकै सजिलो तरिका हो । यसका लागि आफ्नो प्रोफाइलमा गएर दायाँ छेउँमा रहेका तिनवटा धर्काको आइकनमा ट्याप गर्ने । त्यसो गर्दा अर्काइभ छनोट गर्ने विकल्प आउँदछ ।

त्यसपछि बायाँतफ माथिल्लो छेउँमा पोस्ट आर्काइभ, स्टोरीज आर्काइभ र लाइभ आर्काइभको विकल्प देखा पर्दछ, जहाँ तपाईले आफुले आर्काइभ गरेको पोस्ट देख्न सक्नुहुनछ । उक्त पोस्टमा दिइएको Show on Profile अप्सनमा क्लिक गरेसँगै उक्त पोस्ट पुनः तपाईको प्रोफाइलमा देखा पर्दछ ।

वास्तवमा यो फिचरसँगै इन्स्टाग्राम अब प्रयोगकर्ताको एक निजी र गोप्य तिजोरी हुनेछ । जसमा प्रयोगकर्ताहरुले अरु कसैलाई नदेखाउने गरी आफ्ना निजी तस्वीरुहरु पनि राख्न सक्नेछन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?