+
+

अमेरिकामा एकैदिन थपिए १० लाख बढी संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २० गते १७:५१

२० पुस, काठमाडौं । कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनका कारण अमेरिकामा दैनिक संक्रमितको संख्याले एकपछि अर्को नयाँ रेकर्ड बनाएको छ ।

सोमबार अमेरिकामा १० लाखभन्दा बढी मानिसमा कोभिड-१९ को संक्रमण पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । उत्परिवर्तन क्षमता निकै उच्च मानिएको ओमिक्रोनका कारण सोमबार थपिएका दैनिक संक्रमित संख्या ४ दिनअघिभन्दा झण्डैले दोब्बर हो । त्यहाँ गत शुक्रबार ५ लाख ९० हजार नयाँ संक्रमित थपिएका थिए ।

ओमिक्रोनका कारण संक्रमितको संख्या बढेको भए पनि गम्भीर अवस्थामा पुग्ने र मृत्यु हुने संक्रमितको संख्या भने निकै कम छ । तर बढ्दो संक्रमणले मानव जीवनका विभिन्न पक्षमा असर परिरहेको देखिन्छ ।

बढ्दो संक्रमणबीच व्यापक मात्रामा हवाई उडान रद्द गरिएको छ भने विद्यालय र कार्यालयहरु बन्द गरिएको छ । त्यस्तै, अस्पतालमा व्यापक भीड लाग्न थालेको र आपूर्ति चक्र अवरुद्ध बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?