+
+

फाइनान्स कम्पनीको नाम पछि ‘बैंक’ लेख्न दिनुपर्छ : अध्यक्ष तुलाधर

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २० गते १७:४८

२० पुस, काठमाडौं । नेपाल वित्त कम्पनी संघका अध्यक्ष सराेजकाजी तुलाधरले फाइनान्स कम्पनीहरुलाई फाइनान्स कम्पनी भनेर नामकाे पछाडि ‘बैंक’ लेख्न दिन माग गरेका छन् ।

मंगलबारदेखि शुरु भएको बैंकिङ शिक्षा कार्यक्रम शुभारम्भ कार्यक्रममा बाेल्दै उनले सर्वसाधारणलाई फाइनान्स कम्पनी भनेकाे के हाे भन्ने बुझ्नै समस्या भएको बताए । धेरैले फाइनान्स कम्पनी भन्ने वित्तिकै सहकारी संस्था हाे भनेर बुझ्ने गरेकाे उनको भनाइ छ ।

‘फाइनान्स कम्पनी भनेकाे राष्ट्र बैंकबाट ‘ग’ वर्गकाे इजाजत पत्र प्राप्त संस्था हाे, यसलाई राष्ट्र बैंकले नियमन गर्छ,’ अध्यक्ष तुलाधरले भने, ‘तर यहाँ त फाइनान्स भनेको काेअपरेटिभ हाे भन्ने साेचिन्छ, यसकारण हामीलाई राष्ट्र बैंकले फाइनान्स बैंक भनेर लेख्न दिनुपर्छ ।’

पहिले लघुवित्त वित्तीय संस्थाले नामकाे पछाडि लघुवित्त विकास बैंक भनेर लेख्ने गरेका थिए । तर अहिले राष्ट्र बैंकले बैंक लेख्न नपाउने व्यवस्था गरेको छ । लघुवित्त राष्ट्र बैंकबाट ‘घ’ वर्गकाे इजाजतपत्र प्राप्त संस्था हुन् ।

लघुवित्तलाई समेत बैंक लेख्न नपाउने व्यवस्था गरेका बेला अध्यक्ष तुलाधरले फाइनान्सलाई बैंक लेख्न दिनुपर्ने माग राखेका हुन् । उनले विद्यालय तहबाटै वित्तीय साक्षरताकाे पढाइ शुरु हुनुपर्ने बताए । यस अघि नै याे विषय उठान भए पनि अहिले अलपत्र रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?