+
+

प्रधानमन्त्रीले सबै मन्त्रालयका सचिवसँग छलफल गर्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २१ गते १०:५६

२१ पुस, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज सबै मन्त्रालयका सचिवहरुसँग छलफल गर्दैछन् । प्रधानमन्त्री देउवाले मन्त्रालयका सचिवहरुसँग अपराह्न ३ बजे सिंहदरबारमा छलफल गर्न लागेका हुन् ।

अर्थतन्त्रको पछिल्लो अवस्था, पुँजीगत खर्चको अवस्था र सार्वजनिक सेवाका विषयमा सबै मन्त्रालयका सचिवहरुसँग छलफल गर्न लागिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

गठबन्धन सरकारको साझा न्यूनतम कार्यक्रम, राष्ट्रिय गौरवका आयोजनाका काम, अन्तर मन्त्रालय समन्वय लगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?