+
+

ओमिक्रोनको त्रासले ‘आरआरआर’पछि ‘राधे श्याम’ पनि पोष्टपोन्ड

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २१ गते १२:४२

२१ पुस, काठमाडौं । भारतमा कोरोना त्रासका कारण धमाधम चलचित्रहरुको रिलिज पोष्टपोन्ड  भइरहेको छ । बलिउड तथा साउथका चलचित्रहरुको प्रदर्शन मिति धमाधम पोष्टपोन्ड भएका छन् भने अधिकांश राज्यका सिनेमा हलहरु पनि बन्द भइसकेका छन् ।

सर्वाधिक प्रतीक्षित चलचित्र ‘आरआरआर’ जनवरी ७ बाट पोष्टपोन्ड भइसकेको छ । अब अर्को प्रतीक्षित साउथ चलचित्रको प्रदर्शन मिति पनि पछि सारिएको छ ।

साउथका सुपरस्टार प्रभास र अभिनेत्री पूजा हेग्डेको मुख्य भूमिका रहेको चलचित्र ‘राधे श्याम’को प्रदर्शन मिति जनवरी १४ बाट पोष्टपोन्ड गरिएको छ ।

यो चलचित्रलाई जनवरी १४ मै ल्याउने तयारी यसको निर्माणपक्षले गरेको थियो । तर, भारतमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि यसको निर्माणपक्ष पनि आफ्नो अडानमा कायम रहन सकेन ।

यस्तै, साउथकै अर्का स्टार अजित कुमार अभिनित चलचित्र ‘वालिमाई’को प्रदर्शन मिति पनि जनवरी १३ बाट पछि सारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?