+
+

प्रहरीलाई घुस दिन खोज्‍ने दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २१ गते १७:४३

२१ पुस, काठमाडौं । प्रहरीले घुस दिन खोज्‍ने दुई जनालाई पक्राउ गरेको छ ।

मंगलबार दिउँसो चन्द्रागिरि नगरपालिका-७ चेकपोस्ट नजिक चेकजाँचका क्रमङमा ५ सय रुपैयाँ घुस दिन खोज्‍ने दुई जनालाई महानगरीय प्रहरी वृत्त थानकोटले पक्राउ गरेको हो ।

पक्रुाउ पर्नेमा ईच्छाकामाना गाउँपालिका चितवन घर भएका २४ वर्षीय रोशन श्रेष्ठ र चन्द्रागिरि नगरपालकिा-९ मच्छेगाउँ घर भएका ५४ वर्षीय केशव गोपाली रहेका छन् ।

उनीहरुले मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाएको र चेकजाँच गर्दा पाँच सय रूपैयाँ घुस दिन खोजेको प्रहरीको भनाई छ ।

पक्राउ परेका उनीहरुलाई पक्राउ गरी महानगरीय प्रहरी वृत्त थानकोटमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?