+
+

सनराइज रेमिट मुद्दती खाता सञ्चालनमा

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २१ गते १८:५०

काठमाडौं । सनराइज बैंक लिमिटेडले सनराइज रेमिट मुद्दती खाता सञ्चालनमा ल्याएको छ । बैंकले प्रवासी नेपालीलाई लक्षित गरी उक्त खाता सञ्चालनमा ल्याएको जनाएको छ ।

उक्त नयाँ खातामा उच्चतम व्याजदरका साथै विदेशबाट नेपाल पैसा पठाउने प्रक्रियामा सजिलो हुने र विदेशबाट नेपालमा पैसा पठाई मुद्दती खाता खोल्न सकिने बैंकले जनाएको छ ।

बैंकले हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १५७ वटा एटीएम र ८३ वटा शाखारहित बैंकिङ सेवामार्फत् सेवा प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?