+
+

सानो भर्‍याङ यातायात व्यवस्था कार्यालयबाट ११ जना बिचौलिया पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २१ गते १९:३९

२१ पुस, काठमाडौं । प्रहरीले यातायात व्यवस्था कार्यालय सानो भर्‍याङबाट ११ जना विचौलियालाई पक्राउ गरेको छ ।

लाइसेन्स, ब्लुबुकलगायत कागजातहरुको राजस्व तिर्न गएका सर्वसाधारणसँग लाग्ने भन्दा बढी दस्तुर लिन खोजेको र छिटो छरितो काम गरिदिने भनी जबरजस्ती तानातान गरेको गुनासो आएपछि ११ जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

पक्राउ पर्नेमा ताप्ली गाउँपालिका-२ उदयपुर घर भएका २४ वर्षीय अजय मगर, राजघाट गाउँपालिका-७ घर भएका २४ वर्षीय हेमबहादुर मगर, तापाश्री गाउँपालिका-९ घर भएका २७ वर्षीय सुरज मगर, जानकी गाउँपालिका-३ सर्लाही घर भएका १९ वर्षीय साजन मगर, चन्द्रनिगाहपुर नगरपालिका-१ रौतहट घर भएका ३३ वर्षीय विश्वबल्लभ लामा, भरतपोखदरी गाउँपालिका- कास्की घर भएका २४ वर्षीय सृजन थापा रहेका छन् ।

यस्तै चन्द्रनिगाहपुर बस्‍ने २४ वर्षीय सुवास योञ्जन लामा, लमजुङ घर भएका ३२ वर्षीय मेघराज गुरूङ, बाँके घर भएका १९ वर्षीय सुशान गिरी, काठमाडौंको नागार्जुन घर भएका २८ वर्षीय लक्ष्मण सुनुवार र रामेछाप घर भएका ३२ वर्षीय विज्ञान सुनुवार रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

सेवा लिन आएका सर्वसाधारणलाई हैरानी दिएको गुनासो आएपछि उनीहरुविरुद्ध मुलुकी फौजदारी अपराध संहिता, २०७४ बमोजिम अभद्र व्यवहार गरेको कसूरमा मुद्दा दर्ता गरी प्रहरी वृत्त स्वयम्भूले थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?