+
+

केएमसी पुगे शिक्षामन्त्री, शुल्कबारे भोलिसम्म रिपोर्ट पेश गर्न निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २२ गते १२:१९

२२ पुस, काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले आज भक्तपुरस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) को अनुगमन गर्दै एमबीबीएस पढ्ने विद्यार्थीसँग सरकारले तोकेको भन्दा बढी शुल्क नलिएको प्रमाणित गर्न निर्देशन दिएका छन् ।

अनुगमनको क्रममा मन्त्री पौडेलले कलेज प्रतिनिधिलाई भने, ‘बढी शुल्क नलिएको कुरा वार्ताको टेबुलमा प्रमाणित गर्नुस्, अन्यथा कानून लाग्छ ।’ मन्त्री पौडेलले शुल्कका सम्बन्धमा भोलिसम्म रिपोर्ट पेश गर्न पनि निर्देशन दिएका छन् ।

आन्दोलनरत विद्यार्थीका प्रतिनिधि, कलेज प्रशासन र जिल्ला प्रशासन कार्यालयलाई वार्तामा बसेर समस्याको समाधान खोज्न मन्त्री पौडेलले आग्रह गरे । मन्त्री पौडेलसँगै केएमसी पुगेकी भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले शुक्रबार बिहान साढे १० बजे वार्ता हुने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?