+
+

सुनचाँदीको मूल्यमा गिरावट

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २२ गते १४:१२

२२ पुस, काठमाडौं । बिहीबार सुन तथा चाँदीको मूल्यमा गिरावट आएको छ । सुनको मूल्य तोलामा पाँच सय र चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुनको कारोबार मूल्य ९२ हजार तीन सय रुपैयाँ तोकिएको छ ।

तेजावी सुनको मूल्य तोलामा ९१ हजार ७ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बुधबार तोलामा ९२ हजार ८ सय रुपैयाँमा छापावाल र ९२ हजार तीन सय रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।

यस्तै बुधबार तोलामा १२ सय ६० रुपैयाँमा खरिद बिक्री भएको चाँदीको आजको कारोबार मूल्य १२ सय २५ रुपैयाँ तोला तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?