+
+

प्रधानमन्त्री कप क्रिकेट टी–२० फरम्याटमा हुने, यस्तो छ खेलतालिका

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २२ गते १६:५४

२२ पुस, काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट टी–२० फरम्याटमा हुने भएको छ । यसअघि ५० ओभर फरम्याटमा सञ्चालन हुँदै आएको प्रधानमन्त्री कप नेपाली क्रिकेट टिमको टी–२० ग्लोबल क्वालिफायरलाई मध्यनजर राखेर टी–२० फरम्याटमा खेलाउन लागिएको हो ।

राष्ट्रिय खेलकुद परिषदको आर्थिक सहयोगमा नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको प्रतियोगिताको बिहीबार खेलतालिका सार्वजनिक गरिएको छ ।  यही प्रतियाेगिताबाट ग्लाेबल क्वालिफायरका लागि खेलाडी छनाेट गरिने क्यानले जनाएकाे छ ।

१० टीम सहभागी प्रतियोगितामा ५–५ टीमको दुई समूह बनाइएको छ । समूह ए मा त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, सुदूरपश्चिम प्रदेश र प्रदेश १ रहेका छन् । त्यस्तै समूह बीमा एपीएफ क्लब, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश रहेका छन् ।

पुस २६ गते सुरु भई माघ ५ गते सकिने प्रतियोगितामा कीर्तिपुर मैदान र मूलपानी मैदान गरी दिनमा दुई खेल हुनेछन् । पहिलो दिन कीर्तिपुर मैदानमा त्रिभुवन आर्मी र कर्णाली प्रदेश र एपीएफ क्लब र प्रदेश २ बीच खेल हुनेछ ।

त्यस्तै पुस २६ गते नै मूलपानी मैदानमा नेपाल पुलिस क्लब र सुदूरपश्चिम तथा बागमती र लुम्बिनी प्रदेशबीच खेल हुनेछ । फाइनल खेल भने माघ ५ गते हुनेछ ।

हेर्नुहोस् खेलतालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?