+
+

व्यवसाय सञ्चालन गर्ने निजी क्षेत्रमैत्री नीति आवश्यक : उपाध्यक्ष श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २२ गते १७:३४

२२ पुस, काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले पछिल्लो समय वित्तीय प्रणालीमा देखिएको तरलता अभावले उद्योगीहरूले कामै गर्न नसक्ने अवस्था सृजना भएको बताएका छन् ।

तरलता अभावका कारण अहिले बैंकहरूले विगतमा उद्योगीहरूलाई दिइरहेको कर्जा बराबरको पैसा दिनसमेत नसक्ने अवस्था रहेको बताए । नेपाली व्यवसायीलाई विश्वास गरेर अन्य देशबाट उधारोमा सामान पठाउने गरे पनि भन्सारमा समस्या रहेको उनले बताए । उपाध्यक्ष श्रेष्ठले भने, ‘भारतबाट दैनिक २५ सय ट्रक सामान आउने गरेको छ । त्यो पनि आधाभन्दा बढी उधारोमा आउने गर्दछ ।’

त्यस्तै उपाध्यक्ष श्रेष्ठले बजारमा तरलता चरम अभाव रहेको अवस्थामा राष्ट्र बैंकले व्यवसायीलाई समस्या पर्ने गरी सामान आयातमा कडाइ गरी शतप्रतिशत बैंकमा मार्जिन राख्नु पर्ने व्यवस्था गर्नु गलत भएको बताए । तरलता अभावको कारण बैंकमा नभएको र उद्योगीहरूले बैंकबाट नै कर्जा लिने हो भने सामान आयातमा व्यवसायीले बैंकमा पैसा जम्मा गर्न नसक्ने उनले बताए ।

उपाध्यक्ष श्रेष्ठले भने,‘अहिले नेपाली उद्योगको लागि विदेशबाट कच्चा पदार्थ माग गरिएका हुन्छन्। तर पैसा दिन ढिला भयो । आयातकर्ताले पनि सामान बिक्रीको लागि माग गर्‍यो । अब अर्को मगाउनको लागि व्यवसासीलाई सबै पैसा बैंकमा जम्मा गर्नु राष्ट्र बैंकले निर्देशन दिएको छ । यस्तो तरलता चरम अभावको अवस्थामा उद्योगीले कहाँबाट पैसा ल्याउने ?’

श्रेष्ठले सरकारले भएको बजेट समयमा खर्च गर्न सके मात्रै लक्ष्य अनुसारको आर्थिक वृद्धिदर पुग्न सक्ने बताए । अहिले कै स्थितिमा भने लक्ष्य हासिल गर्न नसक्ने उनको भनाइ छ । उनले सरकारले निजी क्षेत्रका सरोकारवाला निकायसँग तथा योजना आयोगसँगको समन्वयबिना योजना बनाउँदा अहिलेको अवस्था आएको बताए ।

‘सरकारले बजेट खर्च राम्रोसँग समयमा नै खर्च गरे ५ प्रतिशतसम्म आर्थिक वृद्धिदरको लक्ष्यमा पुग्छ । तर, अहिलको यस्तो अवस्थाले मुस्किल छ ।’ उनले भने,’सरकारले आर्थिक नीति बनाउँदा योजना आयोग तथा निजी क्षेत्रसँग कुनै समन्वयबिना योजना बनाउँदा समस्या आएको हो । त्यसैले सरकारले उद्योग व्यवसाय सञ्चालन गर्ने उपयुक्त वातावरण बनाउनको लागि निजी क्षेत्रमैत्री नीति बनाउन जरुरी छ।’

कोरोना महामारीपछि सबै उद्योगी व्यवसायहरू पूर्णरूपमा चलायमान भएकाले अर्थतन्त्र चलायमान भए पनि बजारमा तरलतालगायत समस्या रहेको उल्लेख गर्दै अर्थविद‍्हरूले पनि अर्थतन्त्र तहसनहस भयो, बजारमा तरलता अभाव भयो भन्ने तर, यो के कारणले भएको अनि समाधानको उपाय नदिने गरेको उपाध्यक्ष श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?