+
+

समाजवादी प्रेस संगठनको तदर्थ समितिले पायो पूर्णता

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २२ गते १८:५४

२२ पुस, काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठनको राष्ट्रिय भेला फागुन ७ गते काठमाडौंमा हुने भएको छ । बिहीबार बसेको संगठनको बैठकले राष्ट्रिय भेला गर्ने निर्णय गरेको संगठनका महासचिव भूपराज खड्काले जानकारी दिए ।

बिहीबारको बैठकले संस्थापक तदर्थ समितिलाई पनि पूर्णता दिएको छ । गत कातिक २७ गते गठन गरिएको संस्थापक तदर्थ समितिको पदाधिकारीमा बस्न अस्वीकार गरेका विश्वमणि सुवेदी, नरेन्द्र साउद र रामकुमार एलन पदाधिकारीमा समेटिएका छन् । सुवेदी र साउदलाई उपाध्यक्ष र एलन उपमहासचिव बनेका छन् ।

शम्भु श्रेष्ठको अध्यक्षतामा रहेको समितिमा उपाध्यक्षमा विश्वमणि सुवेदी, प्रकाश खतिवडा, शीतल साह, नरेन्द्र साउद, भवानी कार्की, वुद्धवीर बाहिङ राई, सन्तराम बिडरी, तीर्थराज सिग्देल, नवराज छत्कुली, श्रीराम सिग्देल, विकास बन्जाडे, दुर्गा थापा र राजेन्द्र कुँवर छन् ।

महासचिवमा भूपराज खड्का, उपमहासचिवमा रामकुमार एलन, तेजप्रसाद वाग्ले र उर्मिला कुँवर, कोषाध्यक्षमा कृष्णराज गौतम र सचिवमा गोविन्दप्रसाद चौलागाईं, सुभाषप्रसाद साह र उत्तरसिंह विष्ट छन् ।

बैठकले पाँच सदस्यीय विधान मस्यौदा समिति पनि गठन गरेको छ । महासचिव भूपराज खडकाको संयोजकत्वमा बनेको विधान मस्यौदा समितिको सदस्यमा उपमहासचिव एलन, वाग्ले र कुँवरका साथै जीवन बीसी पनि रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?