+
+

एलन मस्कलाई झट्का, स्टारलिंकका भारतीय प्रमुखले दिए राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २२ गते १९:१९

२२ पुस, काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कलाई भारतमा ठूलो झट्का लागेको छ । मस्कको स्याटेलाइट इन्टरनेट कम्पनी स्टार लिंकका भारतीय प्रमुख सञ्जय भार्गभले पदबाट राजीनामा दिएका छन् । केही महिना अघि उक्त जिम्मेवारी सम्हालेका भर्गाभाले अचानक कम्पनीबाट राजीनामा दिएका हुन् ।

भारतमा स्टारलिंकको लाइसेन्स सम्बन्धी विवादका कारण उनले राजीनामा दिएको बताइएको छ । तथापि उनले भने व्यक्तिगत कारणले पद छाडेको दाबी गरेका छन् ।

स्टार लिंकले भारतमा निकै धेरै समस्याको सामना गरिरहनु परेको छ । कम्पनीले लाइसेन्स प्राप्त नगरीकनै स्याटेलाइट इन्टरनेटको प्रि बुकिङ शुरू गरेको भन्दै भारत सरकारले त्यसमा रोक लगाएको थियो ।

भारतको टेलिकम विभागले देशमा इन्टरनेट सर्भिस दिनका लागि स्टारलिंकले कुनैपनि अनुमति नलिएको भन्दै स्टारलिंकको प्लान सब्सक्राइब नगर्न आम मानिसहरुमा आग्रह गरेको थियो । कम्पनीले हाल प्रि बुुकिङ बापत लिएको रकम फिर्ता गरिरहेको छ ।

आफु पद छाडेको जानकारी सञ्जयले सोसल साइट लिंक्डइन मार्फत् दिएका छन् । जसमा उनले व्यक्तिगत कारणले गर्दा स्टारलिंक इण्डियाको कन्ट्री डाइरेक्टर तथा बोर्डको अध्यक्षबाट राजीनामा दिएको उल्लेख गरेका छन् ।

कम्पनीमा उनको अन्तिम दिन गत डिसेम्बर ३१ मा थियो । आफुले यस विषयमा कसैका विषयमा कुनै पनि टिप्पणी नगर्ने भन्दै उनले आफ्नो गोपनीयताको सम्मान गर्न पनि अनुरोध गरेका छन् ।

अमेरिकी भुक्तानी कम्पनी पे पलका संस्थापक कर्मचारी रहेका भार्गभलाई अक्टोबर १ मा स्टारलिंकले भारतको कन्ट्री डाइरेक्टरमा नियुक्त गरेको थियो । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?