+
+

केटीएम रन माघ १५ गते हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २३ गते १५:१३

२३ पुस, काठमाडौं । केटीएम सिटीकाे आयाेजनामा पहिलाे केटीएम रन आगामी माघ १५ गते हुने भएकाे छ ।

केटीएम सिटीले शुक्रबार पत्रकार सम्मेलन गरी केटीएम रन १० किलाेमिटर आयाेजना हुन लागेको जानकारी दिएको हो ।

हरेक अंग्रेजी नयाँ वर्षको जनवरी महिनाकाे अन्तिम शनिबार केटीएम सिटीले १० किलो मिटरको केटीएम रन प्रतियोगिता आयोजना गर्दै आएको छ । आयाेजकका अनुसार केटीएम रन पुरुष र महिला गरी दुई स्पर्धामा आयोजना हुनेछ ।

केटीएम रनको विजेताले ट्रफीसहित समान १ लाख रुपैयाँ प्राप्त गर्ने आयाेजकले जनाएकाे छ ।

केटीएम रनमा राष्ट्रिय स्तरका सबै खेलाडीले प्रतिस्पर्धा गर्न पाउनेछन् । यस्तै विदेशमा भएका खेलाडीले समेत सहभागिता जनाउन सकिने केटीएम रनका रेस डिरेक्टर शुशील नरसिंह राणाले जानकारी दिए ।

दोस्रो हुने दुवै स्पर्धाका खेलाडीले समान ५० हजार, तेस्रोले ३० हजार, चौथो हुनेले २० हजार, पाँचौं हुनेले १० हजार, छैटौं हुनेले समान ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । सातौंदेखि दशौं स्थान प्राप्त गर्ने खेलाडीलाई गिफ्ट भौचर प्रदान गरिने आयाेजकले जनाएकाे छ ।

केटीएम रनको रुट काठमाडौंको दरबारमार्गबाट शुरु भएर भद्रकाली हुँदै सिंहदरबार, माइतिघर, बानेश्वर पुगेर पुन माइतिघर फर्किएर, थापाथली हुँदै त्रिपुरेश्वर, सुन्धारा, न्यूरोड, रत्नपार्क, जमल भएर दरबारमार्ग आएरै समापन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?