+
+

सहरभरि होर्डिङ बोर्ड राखेर युवकको गुहार : मलाई मागी बिहेबाट जोगाऊ

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २३ गते १६:४६

पछिल्लो पुस्ताका युवा युवतीहरु मागी भन्दा प्रेम विवाहमा रुची राख्छन् । बेलायतका एकजना युवकलाई पनि मागी बिहे भनेपछि निकै डर लाग्दो रहेछ ।

तर प्रेम विवाह गर्नका लागि उनले अहिलेसम्म प्रेमिका फेला पार्न सकेका छैनन् । त्यसैले उनले आफूलाई मागी विवाह अर्थात् अरेन्ज म्यारिजबाट जोगाउन गुहार माग्दै सहरभर ठूला ठूला होर्डिङ बोर्ड राखेर विज्ञापन गरेका छन् ।

होर्डिङ बोर्डमा लेखिएको छ Save me from an arranged marriage अर्थात् मलाई मागी विवाहबाट बचाउनुहोस् ।

होर्डिङ बोर्डमा उनले आफ्नो बेहुली भेटाउनका लागि खोलेको वेबसाइटमा पनि उल्लेख गरेका छन् ।

बेलायतको बर्मिंघम सहरका विभिन्न ठाउँमा उनले त्यस्तो होर्डिङ बोर्ड राखेका छन् । मागी विवाहबाट जोगाउनका लागि गुहार माग्ने ती युवकको नाम मोहम्मद मलिक हो । उनको उमेर २९ वर्षको छ ।

यो होर्डिङ बोर्ड हेदाइ मोहम्मदलाई उनका घरपरिवारले दबाब दिएर जबरजस्ती रुपमा बिहे गरिदिन लागेको प्रतित हुन्छ । तर वास्तविकता त्यस्तो छैन । वास्तवमा उनले बिहे गर्नका लागि अनौठो तरिका अपनाएका हुन् । यो एक प्रकारले बिहेका लागि बेहुली खोज्नका लागि गरेको विज्ञापन हो । मलिकले पनि सिधै होर्डिङ बोर्डमा आफ्नो बिहेको विज्ञापन छापिदिएको छन् ।

उनले आफ्नो बिहेका लागि खोलेको वेबसाइटमार्फत् अविवाहित युवतीहरुले उनलाई सम्पर्क गर्न सक्दछन् । उनले होर्डिग बोर्डमा बिहेको विज्ञापनसँगै आफ्नो तस्वीर पनि राखेका छन् ।

लण्डनमा बस्दै आएका मलिक बर्मिंघमलाई आफ्नो दोश्रो घर मान्छन् । त्यसैले उनले आफ्नो प्रेमको खोजीमा बर्मिंघम सहरमा होर्डिङ बोर्ड लगाएका हुन् । मलिक पेशाले इनोभेसन कन्सल्टेन्ट तथा उद्यमी हुन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?