+
+

१५/१५ दिनमा कार्यसम्पादन रिर्पोट बुझाउन विभागीय प्रमुखलाई शिक्षामन्त्रीको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २३ गते १७:४३

२३ पुस, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षा मन्त्रालय अन्तर्गत विभागीय प्रमुखलाई १५/१५ दिनभित्रको कार्यसम्पादनको रिर्पोट बुझाउन निर्देशन दिएका छन् ।

शुक्रबार विभागीय प्रमुखलाई मन्त्रालयमा बोलाएर मन्त्री पौडेलले यस्तो निर्देशन दिएका हुन् । ‘एक हप्तामा गर्न सक्ने काम के–के हुन् टिर्पोट गर्नुहोस्,’ मन्त्री पौडेलले भने, ‘अर्को हप्तासम्म काम सम्पन्न गरेर नतिजा नस्किने गरी काम हुनुपर्‍यो, होइन भने कारण चाहियो ।’

मन्त्री पौडेलले ५० औंं वर्षदेखि अड्किएका फाइलहरुको विषयमा अध्ययन गरी टुंग्याउन सक्ने काम तत्काल गर्न निर्देशन समेत दिए । ‘फाइलहरु अड्काएर हुँदैन, मन्त्रीहरु फेरिरहने हुन्छ, सेवा ग्राहीको पनि आशा हुन्छ,’ उहाँले भन्नुभयो ‘हप्ता दिन अध्ययन गरेर हुने नहुने निर्णय दिनुहोस् ।’

शिक्षा मन्त्रालयबाट गरिब, जेहेन्दार तथा असाहय विद्यार्थीलाई दिने छात्रवृत्ति नरोक्न विभागीय प्रमुखलाई मन्त्री पौडेलले निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?