+
+

भारतमा हुने साउथ एसियन क्रसकन्ट्री च्याम्पियनसिप स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २३ गते १७:५१

२३ पुस, काठमाडौं । भारतको नागाल्याण्डमा आयोजना हुने साउथ एसियन फेडेरेसन क्रसकन्ट्री च्याम्पियनसिप स्थगित भएको छ ।

जनवरी १५ मा नागाल्याण्डमा साउथ एसियन क्रसकन्ट्री र ५६औं राष्ट्रिय क्रसकन्ट्री च्याम्पियनसिप आयोजना हुने तय थियो ।

तर कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोमको संक्रमण बढ्दै गएकोले च्याम्पियनसिप तत्कालका लागि स्थगित भएको एथ्लेटिक फेडेरेसन इन्डियाले जनाएको छ ।

साउथ एसियन एथ्लेटिक्स फेडेरेसनको शुक्रबार आकष्मिक रुपमा बसेको जुम मिटिङबाट च्याम्पियनसिप अहिले स्थगित गर्ने निर्णय भएको हो । प्रतियोगिताबारे छिटै नयाँ मिति सार्वजनिक गरिने पनि एथ्लेटिक्स फेडेरेसन इन्डियाले जनाएको छ ।

च्याम्पियनसिपमा नेपालबाट सन्तोषी श्रेष्ठसहित सिनियर र जुनियरगरी १३ खेलाडीले प्रतिस्पर्धा गर्ने तय थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?