+
+

सप्तरी र महोत्तरीबाट लागूऔषधसहित तीन जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २३ गते १९:४४

२३ पुस, जनकपुरधाम । सप्तरी र महोत्तरीबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । सप्तरीमा प्रहरीले राजगढ गाउँपालिका- ६ बनैनियाँबाट दुई युवकलाई लागूऔषधसहित नियन्त्रणमा लिएको छ ।

भारतबाट नेपालतर्फ साइकलमा आइरहेका विष्णुपुर गाउँपालिका ४ बस्ने २३ बर्षीय तेजनारायण यादव र तिलाठी कोइलाडी गाउँपालिका ८ बस्ने २० बर्षीय परमान्द महतोलाई लागूऔषधसहित पक्राउ गरिएको सप्तरीका प्रहरी प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

काफ्लेका अनुसार उनीहरुको साथबाट एसपिएम प्रोक्सिभोन ४ सय ८ थान, नाइट्राभेट–१० लेखिएको ४ थान र डाइलेक्स डिसी सय एमएलको ४ थान बरामद भएको छ ।

यस्तै, महोत्तरी प्रहरीले एक जनालाई लागूऔषधसहित पक्राउ गरेको छ ।

औरही नगरपालिका ४ कठुधारस्थित माइस्थान सम्सी सडक खण्डबाट बर्दिवास नगरपालिका १३ बिजलपुरा निवासी २० बर्षीय रोशन कुमार चौधरीलाई लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सम्सीबाट गौशाला तर्फ जादै गरेको ज. १ ह ३८९८ नम्बरको अटोमा चढेका चौधरीको साथबाट नाइट्रोभेट–१० ३७ थान बरामद भएको महोत्तरीका प्रहरी प्बक्ता एवं डीएसपी प्रकाश बिष्टले जानकारी दिए ।

लागूऔषधसहित पक्राउ परेका तीनै जनाको अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?