+
+

तनहुँमा पिकअप भ्यान दुर्घटना हुँदा चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २५ गते ९:२०

२५ पुस, दमौली । तनहुँको ब्यास नगरपालिका १ तालघरेमा आज बिहान पिकअप भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

ग ३ च ३७७८ नम्बरको पिकअप भ्यान आज बिहान साढे ३ बजे अनियन्त्रित भएर पल्टिएको थियो । दुर्घटनामा अन्दाजी ३५ वर्षीय भ्यान चालकको जिल्ला अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको तर उनको नाम ठेगाना नखुलेको प्रहरीले जनाएको छ ।

यसैगरी सुनसरीको इटहरी उपमहानगरपालिका ४ मा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मे १ प ५५९० नम्बरको मोटरसाइकल गएराति साढे ९ बजे अनियन्त्रित भएर पल्टिंदा धुलाबारी घर भई हाल इटहरी बस्ने २२ वर्षीय रोशन विश्वकर्माको मृत्यु भएको हो ।

विश्वकर्मालाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पु¥याउनासाथ चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?