+
+

नर्वेका सिपाहीलाई अवकाशपछि अन्डरवेयर, मोजा र ब्रा फिर्ता मागियो !

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २५ गते १३:५८

२५ पुस, काठमाडौं । नर्वेमा सेवा अवधि सकिएपछि सिपाहीलाई अन्डरवेयर, मोजा र ब्रा फिर्ता गर्न भनिएको छ । नर्वेको सेनाले कोभिड-१९ महामारीका कारण आपूर्तिमा देखिएको अभावका कारण अवकाशपछि सबै सिपाहीलाई सैन्य पोशाकको रुपमा प्रयोग गरिने अन्डरवेयर, मोजा र ब्रा फिर्ता गर्न भनेको हो । प्रयोग भइसकेका मोजा, अन्डरवेयर र ब्रा सफा गरेर जाँच भएपछि नयाँ सिपाहीलाई प्रदान गरिने पनि सेनाको भनाइ छ ।

समाचार अनुसार सेनाका सदस्यलाई आफूले प्रयोग गर्दै आएको अन्डरवेयर, मोजा एवम् ब्रा जतन गरेर राख्न भनिएको छ । नयाँ भर्ना हुने सदस्यलाई सफा गरेर प्रयोग भइसकेका अन्डरवेयर, मोजा र ब्रा वितरण गरिने पनि समाचारमा उल्लेख छ ।

नर्वेजियन ब्रोडकास्टिङ कर्पोरेशन (एनबीसी)का अनुसार स्वेच्छिक रुपमा २०२१ को वर्षायामसम्म मात्रै अस्थायी समाधान स्वरुप मोजा, अन्डरवेयर र ब्रा फिर्ता गर्न भनिएको थियो । तर अभाव नटरेपछि सबै सिपाहीलाई अनिवार्य रुपमा फिर्ता गर्न भनिएको हो ।

‘हाल हामीले सैन्य पोशाकअन्तर्गतका यी चीजलाई पुन: प्रयोग गर्ने निर्णय गरेका छौं र यसबाट हामीलाई सजिलो हुनेछ’, रक्षा मन्त्रालयको रसद व्यवस्थापन विभागका प्रवक्ता हान्स मेइसिङसेटले भने, ‘यिनलाई धोएर जाँच गरिन्छ र हामीले वितरण गर्ने चीज राम्रै अवस्थामा हुन्छन् ।’

रुससँग सीमा जोडिएको नर्वेको सेनामा हरेक वर्ष महिला र पुरुष गरी झण्डै ८ हजार नयाँ सदस्य भर्ना हुन्छन् । त्यहाँ सिपाहीले आफ्नो सेवा अवधि पूरा भएपछि अन्डरवेयर, ब्रा र मोजा समेत आफैँसँग लैजान पाउने नियम छ ।

तर कोभिड-१९ को महामारीका कारण उद्योग बन्द हुँदा र ढुवानीको समस्याका कारण आवश्यक मात्रामा अन्डरवेयरसहितका सैनिक पोशाक आपूर्तिमा समस्या देखिएको छ । यही भएर नर्वेको सेनाले जागिर छोड्ने पुराना सिपाहीलाई अन्डरवेयर, ब्रा र मोजा ब्यारेकमै राख्न भनेको हो । दि गार्जियनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?