+
+

‘अतरंगी रे’को तारिफ गर्दै निर्देशक रायसँग विक्कीले भने- अर्को फिल्ममा मलाई लिनुस्

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २५ गते १४:११

२६ पुस, काठमाडौं । बलिउड अभिनेता विक्की कौशल निर्देशक आनन्द एल रायको हालै रिलिज भएको चलचित्र ‘अतरंगी रे’बाट एकदमै प्रभावित भएका छन् । सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उनले यो चलचित्रमा मुख्य भूमिका निर्वाह गर्ने अभिनेता अक्षय कुमार, धनुष र अभिनेत्री सारा अली खान र निर्देशक रायको प्रशंसा गरेका छन् ।

विक्कीले आफूलाई आगामी चलचित्रमा लिन समेत निर्देशक रायलाई आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कति राम्रो फिल्म, यसलाई हेरेर एकदमै मज्जा आयो । आफ्नो भूमिकालाई उत्कृष्ट ढंगले निभाउनका लागि सारा अली खानले आफूलाई समर्पित गरेकी छन् । धनुष र अक्षय कुमारको त झन् के कुरा गरौं । अघिल्लो फिल्ममा मलाई कास्ट गर्नुस् ।’

विक्कीको इन्स्टाग्राम ह्याण्डलमा यसको जवाफ दिंदै निर्देशक आनन्द एल रायले भनेका छन्, ‘धन्यवाद, विक्की । तिमीलाई म कास्ट गर्न सक्दिनँ, किनकि तिमी जहाँ हुन्छौं, आफैं कहानी बनिहाल्छौ ।’

हालसालै अभिनेत्री कट्रिना कैफसँग वैवाहिक जीवनमा बाँधिएका विक्की मध्यप्रदेशको इन्दौरमा सारा अली खानका साथ नयाँ चलचित्रको सूटिङ गरिरहेका छन् । यो चलचित्र ‘लुका छुप्पी’को सिक्वेल हुन सक्ने बताइएको छ ।

यसका साथै विक्की सेनामा आधारित चलचित्र ‘साम बहादुर’मा पनि देखिँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?