+
+

‘केजीएफ २’ अप्रिल १४ बाट पछि नसर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २५ गते १४:३५
'केजीएफ २'को एक दृश्यमा साउथ सुपरस्टार यश

२६ पुस, काठमाडौं । साउथका सुपरस्टार यशको मुख्य भूमिका रहेको चलचित्र ‘केजीएफ २’का निर्माताले यो चलचित्रको प्रदर्शन मिति पछि नसार्ने बताएका छन् ।

अधिकांश साउथ र बलिउडका चलचित्रको प्रदर्शन मिति धमाधम पोष्टपोन्ड भइरहेका बेला ‘केजीएफ २’को रिलिज भने अप्रिल १४ मै हुने निर्माणपक्षले जनाएको छ । शनिबार यशको जन्मदिनको अवसर पारेर चलचित्रको नयाँ पोष्टर सार्वजनिक गरिएको छ । यो चलचित्रको नयाँ पोष्टरमा अप्रिल १४ लाई नै प्रदर्शन मिति उल्लेख गरिएको छ ।

भारतमा दैनिक कोरोना संक्रमितको संख्या १ लाख ५० हजार पुगिसकेको छ । यस्तो अवस्थामा अधिकांश बलिउड र साउथ चलचित्रको प्रदर्शन मिति अनिश्चितकालका लागि सरेको छ ।

‘केजीएफ’ले बक्स अफिसमा धुम मच्चाएपछि यो चलचित्रको प्रतीक्षा विश्वभरका दर्शकहरुले गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?