+
+

रमेश उप्रेती र किरणको डिभोर्स भएको हो ?

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २५ गते १४:४७
अभिनेता रमेश उप्रेती र उनकी पत्नी किरण राणा । फाइल तस्वीर

२६ पुस, काठमाडौं । अभिनेता रमेश उप्रेती र उनकी पत्नी किरण राणाबीच सम्बन्ध विच्छेद (डिभोर्स) हुन लागेको चर्चा चलचित्रवृत्तमा चलेको छ । किरण र रमेशले लामो समयको वैवाहिक सम्बन्धलाई तोड्ने तयारी गरेको खबरहरु पनि कतिपय सञ्चारमाध्यमले सार्वजनिक गरिरहेका छन् ।

तर, यो खबरलाई अभिनेता रमेश उप्रेतीले खण्डन गरेका छन् । यद्यपि, आफूहरु अलग भने बस्न थालेको उनले बताए । अनलाइनखबरसँग कुरा गर्दै उनले भने, ‘हाम्रो डिभोर्स भएको भन्ने खबर गलत हो । तर, हामी अलग बस्न थालेको कुरा चाहिं सत्य हो ।’

रमेशले यो हरेक घरमा हुने समस्या रहेको भन्दै केही सातादेखि आफूहरु अलग्गै बस्न थालेको बताए । ‘हामीले एकअर्कासँग स्पेस खोजेका हौं । डिभोर्स नै हुन लाग्यो भन्ने खबरमा सत्यता छैन । तर, म अहिले एक्लै बसिरहेको छु ।’

रमेशले डिभोर्सको विषयमा भने आफूले अहिले नै धेरै कुरा बोल्न नचाहेको स्पष्ट पारे ।

किरणले रमेशसँग दोस्रो विवाह गरेकी थिइन् । पहिलो श्रीमानसँग डिभोर्स भएपछि रमेशसँग किरणको विवाह भएको थियो । विवाहपछि रमेश अमेरिका हानिए भने किरण पनि उतै पुगिन् । उनीहरु एक दशकसम्म अमेरिका बसेर नेपाल फर्किए । पाँच वर्षअघि नेपाल फर्किएर रमेशले ‘ऐश्वर्य’ नामक चलचित्र निर्माण समेत गरेका थिए ।

बुढानीलकण्ठको सीजी भिल्लामा बस्दै आएका रमेश र किरण पछिल्लो केही समयदेखि भने अलग्गै बस्न थालेका छन् । रमेशले बुढानीलकण्ठमै भाडामा घर लिएर बस्न थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?