+
+

एमालेको रुपन्देही अध्यक्षमा केसी निर्विरोध

नेकपा एमाले रुपन्देहीको अध्यक्षमा तेजेन्द्र केसी निर्विरोध निर्वाचित भएका छन् । अध्यक्षमा उम्मेदवारी दिएका हालका उपाध्यक्ष पुरुषोत्तम घिमिरेले मतदानका लागि निर्धारित समयमा उम्मेदवारी फिर्ता लिएपछि केसी निर्विरोध अध्यक्ष बनेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २५ गते १५:४२

२५ पुस,बुटवल । नेकपा एमाले रुपन्देहीको अध्यक्षमा तेजेन्द्र केसी निर्विरोध निर्वाचित भएका छन् । अध्यक्षमा उम्मेदवारी दिएका हालका उपाध्यक्ष पुरुषोत्तम घिमिरेले मतदानका लागि निर्धारित समयमा उम्मेदवारी फिर्ता लिएपछि केसी निर्विरोध अध्यक्ष बनेका हुन् ।

यस्तै, उपाध्यक्षमा तिलोत्तमा नगरपालिकाको उपप्रमुख रहेकी जागेश्वरदेवी चौधरी निर्वाचित भएकी छन् । अध्यक्ष र सचिवबाहेकका पदमा एकल उम्मेदवारी परेको थियो ।

सचिवमा खेमप्रसाद लुइँटेलले दिएको उम्मेदवारी फिर्ता लिएपछि यज्ञ गैरे चयन भएका छन् । घिमिरे र लुइटेल एमालेमा माधव नेपाल पक्षधर थिए । तर, पार्टी विभाजन हुँदा एमालेमै रहेका थिए । उपसचिवद्वयमा सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्की र हितराज पन्थी चयन भएका छन् । अधिवेशनले १५१ सदस्यीय रुपन्देही जिल्ला कमिटी बनाएको छ ।

अध्यक्षमा उम्मेदवारी दिएर फिर्ता लिएका घिमिरले आफूलेबिना सर्त उम्मेदवारी फिर्ता लिएको बताए । आठौं जिल्ला अधिवेशनमा पनि अध्यक्षका दबेदार रहेका घिमिरेलाई तत्कालीन उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाल, जिल्ला इन्चार्ज लिला गिरीले नवौं अधिवेशनमा अध्यक्ष बनाउने गरी शिवराज सुवेदीलाई अध्यक्ष बनाएका थिए ।

नेताहरूले आफ्नो प्रतिवद्धता पूरा नगरी केसीलाई अध्यक्ष बनाएपछि घिमिरेले एमालेमा रहेर न्याय नपाउने अनुभूति भएको प्रतिक्रिया दिए ।

जिल्ला अधिवेशनको बन्दसत्रमा अध्यक्ष मण्डलका अध्यक्ष जिल्ला अध्यक्ष शिवराज सुवेदीले केसीलाई अध्यक्ष प्रस्ताव गरेका थिए । त्यसमा असहमति जनाउंदै घिमिरेले उम्मेदवारी दर्ता गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?