+
+

दिल्लीका मुख्यमन्त्रीले भने : निरन्तर मास्क लगाए लकडाउन गर्नु पर्ने अवस्था आउँदैन

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २५ गते १६:१४

२५ पुस, काठमाडौं । भारतको दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले निरन्तर मास्क लगाए लकडाउन गर्नुपर्ने अवस्था नआउने बताएका छन् ।

आइतबार मुख्यमन्त्री केजरीवालले भर्चुअल प्रेस सम्मेलनमा भने, ‘कोभिड-१९ का संक्रमितको संख्या बढ्नु चिन्ताको विषय हो तर डराइहाल्नु पर्दैन । थोरै मानिस मात्रै अस्पताल भर्ना भइरहेका छन् । मास्क लगाउन निकै आवश्यक छ। तपाईँले निरन्तर मास्क लगाउनु भयो भने कुनै लकडाउन हुँदैन । अहिले लकडाउन लगाउने कुनै योजना छैन ।’

पछिल्लो २४ घण्टामा दिल्लीमा थप २२ हजार जनामा कोभिड संक्रमण पुष्टि हुने सम्भावना रहेको पनि उनको भनाइ थियो ।

केजरीवालले पछिल्लो समय संक्रमण बढिरहेको भए पनि अस्पताल भर्ना हुनेको संख्या निकै कम रहेकाले नडराउन पनि आग्रह गरेका छन् ।

दिल्ली सरकारले मानिसको जीविकोपार्जनमा असर नपर्ने गरी न्यूनतम प्रतिबन्ध लगाउने प्रयास गरेको पनि केजरीवालको भनाइ थियो । ‘मानिसको जीविकोपार्जनमा असर नपरोस् भनेर न्युनतम प्रतिबन्ध लगाउने हाम्रो प्रयास रहेको छ’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?