+
+

सोमबारदेखि निर्वाचन आचार संहिता लागू हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २५ गते १७:३५

२५ पुस, काठमाडौं । माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि भोलि सोमबारदेखि निर्वाचन आचार संहिता लागू हुने भएको छ । आयोगले २६ पुसबाट आचार संहिता लागू गर्ने निर्णय गरेको हो ।

आयोगलगे निर्वाचन आचार संहिताको पूर्ण रुपमा पालना गर्न गराउन सरोकारवालाहरुलाई निर्देशन समेत दिएको छ ।

आचार संहिताको पालना गर्नु सम्बन्धित सबैको कानूनी तथा नैतिक दायित्व भएको र उल्लंघन भएमा कानूनी कारवाही समेत हुने आयोगले बताएको छ ।

हेर्नुहोस् विज्ञप्तिः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?